मिसन फिप्टी—फिप्टी
विष्णु शेरचन
विकल्प
जोमसोम, मुस्ताङ
संसार परिवर्तन गर्नका लागि आफैँबाट परिवर्तनको सुरुआत गर्नुपर्छ भनेको सुनेकी थिएँ । वाप्ड्कामा संलग्न भएपछि मलाई लाग्न थालेको छ, हो संसार परिवर्तन गर्नका लागि आफैँबाट सुरुआत गर्नु्पर्छ । “मिसन ५०÷५०” आधा जनसङ्ख्या महिला भएको हाम्रो मुलुकमा महिला आन्दोलनले पूर्णता पाउनका लागि यो जरुरी अभियान हो । भौगोलिक रूपले हेर्दा हामी आबाजविहीन भए पनि, हामी मुस्ताङका आबाजहरूको प्रतिनिधित्व गर्ने प्रयासमा छौँ । त्यसैले गर्दा दूरदराजमा बसेका हामीजस्ता अधिकारकर्मीहरूका लागि यो सपनालाई पूरा गर्न सबैको सहयोगको आवश्यकता छ ।
हाम्रा हजुरआमाहरूका तिता इतिहास, आमाहरूका असीमित सङ्घर्षका गाथाहरू र हामी छोरीहरूले भोग्दै आएका सङ्क्रमणकालीन क्षणहरूको फ्युजन गराएर अब हामीले इतिहास लेख्नुपर्छ । दैनिक ५० पैसा नेपालभरिका हरएक महिलाले सङ्कलन गर्दै “राष्ट्रिय महिला कोष,” अब हाम्रो अर्को सपना बन्नु पर्छ जस्तो लाग्छ । आर्थिक रूपले सशक्त भए मात्र मिसन ५०÷५० को लक्ष्य सफलतासम्म पुग्नेछ ।
National Consultation with women Leaders