सञ्जालमा आबद्ध सदस्य संस्थाहरुको परिचय

विकल्प ज्ञान तथा विकास केन्द्र, नेपाल

विकल्प ज्ञान तथा विकास केन्द्र, नेपाल, वैकल्पिक शिक्षा, विकास, स्वास्थ्य, शान्ति, अहिंसा र न्यायका लागि सन् २००४ मा स्थापना भएको संस्था हो । विकल्पले विभिन्न बैकल्पिक कार्यक्रमहरु मार्फत बालबालिका, युवा, किशोरी र महिलाहरुको शिक्षा, सामाजिक र आर्थिक रुपान्तरण र अहिंसात्मक विधिमार्फत सशक्तिकरण गर्ने कामहरु गर्दै आएको छ । काठमाडौंमा अवस्थित संस्था विकल्पले पोखरा र मोरङको शनिश्चरेमा शाखा स्थापना गरेको छ र यसले ६४ जिल्लामा विकल्प शान्ति महिला संजाल विस्तार गरेको छ ।

वेबसाइट :  www.bikalpa.org

ईमेल : This email address is being protected from spambots. You need JavaScript enabled to view it.

 

महिला तथा राजनीति केन्द्र (CWAP)

महिला तथा राजनीति केन्द्र सन् २००२ मा महिलालाई राजनीतिक, सामाजिक र आर्थिक रुपबाट शसक्त बनाउन सामाजीक र राजनीतिक पद्धतिको प्रजातंत्रीकरण प्रवर्तन गर्ने लक्ष्यका साथ स्थापना भएको हो । केन्द्रले क्षेत्रीय र अन्तराष्ट्रिय महिलावादी राजनीतिक विचारहरुलाई प्रवर्तन गर्न र त्यसको विकास, गरिबी निवारण, वातावरणीय चासो, स्वास्थ, शिक्षा र शासन क्षेत्रका नीतिहरुमा निहितार्थ कार्य गर्दै आएको छ ।  यस संस्था  राजनीतिक संरचनामा  महिलाको प्रतिनिधित्व र सहभागीता  बढाउनको लागि निर्वाचन प्रणाली समावेशी हुनुपर्छ भनेर अभियान चलाउँदै आएको छ ।

वेबसाइट :  www.cwap.org.np

ईमेल : This email address is being protected from spambots. You need JavaScript enabled to view it.

सम्पर्क नं. : ०१-४४१६४५८

 

फातिमा फाउण्डेसन नेपाल (FFN)

फातिमा फाउण्डेसन नेपाल मुश्लिम महिलाहरुको नेतृत्वमा महिला तथा बालबालिकाका लागि सन् २००४ मा स्थापना भएको संस्था हो । फातिमा फाउण्डेसनको उद्देश्य बञ्चितिकरणमा परेका समुदायका महिला तथा बालबालिका र मानव अधिकारमा पहुँच र सुनिश्चितताको लागि सहयोग गर्नु रहेको छ । यस संस्थाले महिला सशक्तिकरण, सामाजिक न्याय र शान्तिको लागि वकालत गर्दै आएकोछ । फातिमा फाउण्डेसनले शिक्षा र सचेतना अभियानद्वारा बञ्चितिकृत समुदायका महिलाहरुलाई राष्ट्र विकासको मूलधारमा ल्याउनको लागि काम गर्दै आएको छ ।

वेबसाइट :  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

सम्पर्क नं. :०८१-५२१५०८

 

दलित महिला संघ  (FEDO)

दलित महिला संघ “नेपालमा जातिय, लैगिक,तथा वर्गिय विभेदको तेहोरो शोषणमा पारिएका दलित महिलाहरुलाई संगठित, सचेतिकरण र सशक्तिकरण गर्दै उनीहरुको हक अधिकार स्थापित गरी उनीहरुलाई राष्ट्रिय विकासको मूलप्रवाहमा समाहित गराउन संघर्षरत दलित महिला संघ सन् १९९४ मा स्थापित राष्ट्यि गैरसरकारी संस्था हो । दलित महिलाहरुको सामाजिक, आर्थिक र राजनितिक विकासका लागि अधिकारमा आधारित विभिन्न कार्यक्रमहरु संचालन गरी निर्णय र निति निर्माण तहमा पहुँच सुनिश्चित गराउने यसको उद्देश्य रहेको छ । ४८ जिल्लामा शाखा विस्तार गरेको फेडोले सशक्तिकरण, क्षमता अभिवृद्धि र जनवकालतजस्ता विभिन्न कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ ।

वेबसाइट :  www.fedonepal.org

ईमेल : This email address is being protected from spambots. You need JavaScript enabled to view it.

सम्पर्क नं : ०१-५५४३९८६, ५५२०९८२

 

नागरिक आवाज (NA)

नागरिक आवाज शान्तिका लागि नागरिक आवाज दिगो शान्ति, समतामूलक, समृद्ध र न्ययिक समाज निर्माणको लागि कार्यरत एक सामाजिक संस्था हो । यो द्वन्द्व पिडित युवा र महिलाहरुको आवश्यकतालाई सम्बोधन गर्न सन् २००१ मा स्थापना भएको हो । संस्थाले  शान्ति निर्माणमा युवा र महिलाहरुलाई रचनात्मक रुपमा परिचालन गर्नुका साथैे द्वन्द्व पिडित युवा र महिलाहरुलाई सुरक्षा जालो प्रदान गर्दै युवामा भएको बदलाको भावनालाई क्षमामा परिवर्तित गरी उनीहरुलाई समुदायमा शान्ति  कार्यकर्ताको रुपमा परिचालन गर्दै आईआईरहेको छ । यस संस्थाले स्थानीय तहमा नै दिगो शान्ति निमार्ण गर्नको लागि सहकार्य शान्तिको सञ्जाल मार्फत जिल्लास्तरमा शान्ति केन्दहरु्र स्थापना गरी द्वन्द्व पिडित युवा र महिलाहरुको अधिकारका लागि अनवरत् रुपमा वकालत पनि गर्दै आईरहेको छ ।

वेबसाइट :  www.bikalpa.org

ईमेल : This email address is being protected from spambots. You need JavaScript enabled to view it.

सम्पर्क नं :०१-५५७४५८६८७

 

जातीय भेदभाव विरुद्ध राष्ट्रिय संजाल (NCARD)

जातीय भेदभाव विरुद्ध राष्ट्रिय संजालको स्थापना सन् २००३ मा भएको हो । जातीय भेदभावविरुद्ध राष्ट्रिय संजाल,  दक्षिण अफ्रिकाको डर्वान सहरमा सन् २००१ मा भएको जातिवाद, जातिय भेदभाव र असहिष्णुता सम्बन्धित संयुक्त राष्ट्र संघको विश्व सम्मेलनमा बनेको राष्ट्रिय प्रारम्भिक समिति (National Preparatory Committee) बाट बनेको  पोष्ट डर्वान फलोअप नेटवर्क हो । एनकार्ड नेपालमा विद्यमान भेदभाव भएका समूहहरुको संगठन बनाउनको लागि कार्यक्रम क्रियाशिलताको ९एचयनचबm या ब्अतष्यल० कार्यान्वयन गर्न बनेको संस्था हो । यो संजालले महिलाभित्र भएको विविधता र नेपालमा भएका यी समुदायमा विद्यमान असमानतालार्ई पहिचान गरेको छ । यी समुदायहरु एक स्थानमा आएर एकर्कालाई बुझेर एकजुट भई नेपालको संविधान निर्माणको काम गर्नु अति आवश्यक देखिन्छ जसले सबै नेपालीलाई सम्मानित र समान नागरिकको व्यवहार गरोस् ।

वेबसाइट :  www.ncard.org.np

ईमेल :  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

सम्पर्क नं : ४१०२५७१

 

नेपाल अपाङ्ग महिला संघ (NDWA)

नेपाल अपाङ्ग महिला संघ अपाङ्गता भएका महिलाहरुको हक अधिकारको सुनिश्चिताको लागि आवश्यक नीति निर्माण र बनेका कानुनहरु कार्यान्वयन गर्न परिवार, समाज र राज्यस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य लिएर सन्  १९९८ मा स्थापना भएको हो । अपाङ्गता भएका महिला विरुद्ध हुने सामाजिक, आर्थिक, राजनितिक र कानुनी लगायत सबै प्रकारका विभेदहरुको अन्त्य गरी सम्मानित जीवनयापन गर्न सक्षम पार्नु संस्थाको लक्ष्य रहेको छ । उनीहरुको क्षमता अभिवृद्धि गरी परिवार या समुदायमै स्थापित भइ साङ्ग सरह समान रुपमा सक्रिय योगदान पु¥याउनका लागि संघले आवज बुलन्द पारिरहेको छ ।

वेबसाइट :  www.ndwa.org.np

ईमेल : This email address is being protected from spambots. You need JavaScript enabled to view it.

सम्पर्क नं : ०१- ४४३५१३१

 

क्रियाशील पत्रकार महिला  (WWJ)

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) पत्रकार महिलाहरुको हक, अधिकारका लागि काम गर्ने संस्था हो । सन् २००६ मा स्थापित संस्थाको मुख्य लक्ष्य  पत्रकार महिलाहरुको संख्यात्मक र गुणात्मक वृद्धि गर्नु रहेको छ । देशभरका पत्रकार महिलाहरुको राष्ट्रिय सम्मेलन गरी नेपाली पत्रकारिताको इतिहासमा नयाँ कामको शुरुवात गरेको डब्लु डब्लु जेले क्षेत्रीय भेला, पत्रकार महिलाहरुका लागि आवश्यक तालिम तथा विभिन्न अन्तरक्रियाको साथै देशभरका प्रकाशक तथा सम्पादक महिलाहरुको राष्ट्रिय भेलालगायतका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । यस संस्थाको २३ वटा जिल्ला शाखाहरु गठन गरेको छ ।

वेबसाइट :  www.wwj.org.np

ईमेल : This email address is being protected from spambots. You need JavaScript enabled to view it.

सम्पर्क नं : ०१६२१३५४५

 

मानवअधिकारका लागि महिला, एकल महिला समूह (WHR)

मानवअधिकारका लागि महिला, एकल महिला समूह एकल र विधवा महिलाहरुको समाजिक–सांस्कृतिक, आर्थिक राजनीतिक अधिकारको सुनिश्चितका लागि सन् १९९४ मा स्थापना भएको हो । यस संस्थाले भेदभाव रहित र समान समाज निर्माणका कल्पना गर्छ जहाँ महिलाको वैवाहिक स्थितिको आधारमा हुने भेदभावको अन्य हुन्छ ।  संस्थाले   अहिलेसम्म ७३ जिल्लाका १०५० गाँउ विकास समिति र नगरपालिका गरी ८४,००० एकल महिलाहरुलाई संगठित गर्न सफल भएको छ भने विधवा महिलाहरु विरुद्ध बनेका विभेदकारी कानून र नीतिहरु परिर्वतन गराउन सरकारी निकायहरुसँग नजिक भएर काम गर्दै आएको छ ।

वेबसाइट :  www.whr.org.np

ईमेल : This email address is being protected from spambots. You need JavaScript enabled to view it.

सम्पर्क नं : ०१-४४४६०२० , ४४१३८६८

 

रामिण महिला विकास तथा एकता केन्द (RUDWUC)

ग्रामिण महिला विकास तथा एकता   केन्द्र्र सुदूर पश्चिमाञ्चलका महिलाको नेत्रृत्वमा सन् १९९५ मा स्थापना भएको हो । रुडुकको जन्म महिला तथा युवा समूहलाई समुचित प्रेरणा र तालिम प्रदान गर्नाले उनीहरुले समुदाय र क्षेत्रीयतहमा महत्वपूर्ण उत्प्रेरक र सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् भने विश्वासका साथ आफ्ना कार्यक्रमहरु यी समूदायमा लक्षित गरेका छ ।

वेबसाइट :  This email address is being protected from spambots. You need JavaScript enabled to view it.